चीनियाँ जहाज भेनेजुयलामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2019 | 03:29:38 PM मा प्रकाशित

laxmi  sunrise bank

दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा राजनीतिक संकट चुलिदै गएको छ । संकट चुलिदै गएपछि चीनले दोस्रो पटक  राहत सामग्रीसहित जहाज पठाएको छ। ७१ टन  राहत सामग्री बोकेको चिनियाँ जहाज सोमबार काराकास विमानस्थलमा पुगेको हो ।

चीन र भेनेजुयला बिच भएको मानवीय प्राविधिक सहायता सम्झौता अनुसार चिनले राहत सामग्रि भेनेजुयला पठाएको हो । जहाजले औषधि लगाएतका सामानहरु ल्याएको रूसी समाचार  संस्था स्पुतनिकले जनाएको छ । भेनेजुयलाका लागि चिनियाँ राजदूत ली बाओरोङले यो राहतले विदेशी प्रतिबन्धका कारण खराब भएको अवस्थालाई केही सुधार गर्ने आशा गरिएको बताए । चीनले गत मार्च २९ मा पहिलो पटक राहत बोकेको जहाज भेनेजुयला पठाएको थियो। उक्त जहाजले ६५ टन राहत लिएको थियो।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved