३ नम्बर प्रदेशको नाम गौरिशंकर राख्न नेकपाको प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2019 | 04:40:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेकपाका सांसदले प्रदेश नम्बर ३ को नाम गौरिशंकर राख्न प्रस्ताव दर्ता गराएका छन् । राजधानी र नामाकरणको विवाद उत्कर्षमा पुगेको बेला प्रदेश सभा सदस्य बिशाल खड्काले प्रदेशको नाम गौरिशंकर राख्न नेकपा संसदीय दलको कार्यालयमा प्रस्ताव दर्ता गराएका हुन् । 

खड्काले नामकरणका लागि हिमालहरुमा सबैभन्दा पवित्र हिमाल गौरिशंकरलाई मानिएको, नेपालको वास्तविक समयको निर्धारण गौरिशंकर देशान्तरले गरेको, धार्मिक आस्था रहेको लगायतका ट आधार समेत पेश गरेका छन् । 

राजधानी सम्भाव्यता अध्ययन प्रतिवेदन समितिका संयोजक समेत रहेका उनले राजधानीका लागि पाँच स्थान छनोट गरेर प्रतिवेदन समेत बुझाईसकेका छन् । समितिले पेश गरेको प्रतिवेदनमा काभ्रे पहिलो नम्बरमा छ । प्रदेश सरकारले अहिलेसम्म प्रदेशसभाको नाम र राजधानिको प्रस्ताव संसदमा लान सकेको छैन ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved