मिडियाको व्यापार आलु, प्याजको जस्तो होइन : सञ्चारमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2019 | 11:13:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना–प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडियामा बिदेशी लगानी प्रतिबन्ध लगाउने बताएका छन। हेटौंडामा मंगलबार डिजास्टर रिकभरी सेन्टर उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले मिडियाको व्यापार भनेको आलु, प्याजको जस्तो नभएको भन्दै नेपालको संचार क्षेत्रमा बिदेशी लगानीमा पूर्ण प्रतिबन्ध लगाउने बताए।     

कुनै पनि देशको सञ्चारमाध्यममा विदेशी लगानी छुट नभएको उनले उल्लेख गर्दै मन्त्री बास्कोटाले राष्ट्रिय स्वार्थका लागि पनि विदेशी लगानी बन्द गर्ने गरी नयाँ ऐन ल्याउन खोजेको उनले सुनाए। आमसञ्चारसम्बन्धी विधेयक पारित भई लागू भएपछि नेपाली पत्रकारिता इतिहासमै सुरक्षित र गहकिलो हुने उनले दाबि गरे। 

‘हामीले क्लिन फिड र समानुपातिक विज्ञापन नीतिलाई अघि बढाएका छौं’, उनले भने, ‘के यो नराम्रो हो ?’ साथीहरू कुरै नबुझी विधेयक फिर्ता लिनुपर्छ भन्छन्। केही सच्याउनुपर्ने विषय भए छलफल गर्न समय पर्याप्त बाँकी छ।’

डेढ करोडसम्म जरिवाना हुने प्रावधान राखिएको आमसञ्चारसम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता भएको जानकारी नभएको उनले बताए। ‘विधेयक पेस गर्ने मलाई त्यसबारे थाहा छैन। सतहमा हल्ला गरेर बस्नुको अर्थ छैन’, उनले भने। 

सिंहदरबारस्थित एक मात्र डाटा सेन्टरको विकल्पका रूपमा हेटौंडामा डिजास्टर रिकभरी सेन्टर निर्माण गरिएको हो। दक्षिण कोरियाको ४.६ मिलियन डलर सहयोगमा आठ कट्ठा चार धुर जमिनमा सेन्टर स्थापना गरिएको हो। २०७२ असोज १३ गते निर्माण सुरु भएको भवन २०७३ पुस १६ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। नाकाबन्दीलगायत समस्याले समयमा सम्पन्न गर्न नसकिएको राष्ट्रिय सूचना–प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनील पौडेलले बताए। नेपाल र कोरिया सरकारबीच २०७१ वैशाख ३१ गते डाटा सेन्टर निर्माण गर्ने सम्झौता भएको थियो।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved