घुस काण्डमा मुछिएका अख्तियार आयुक्त पाठक अदालतमा उपस्थित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2019 | 01:23:46 PM मा प्रकाशित

laxmi  sunrise bank

७८ लाख घुस काण्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक बुधबार विशेष अदालतमा उपस्थित भएका छन् । अहिले विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा उनको बयान चलिरहेको छ ।

बयानपछि बुधबार नै थुनछेकको लागि सुनुवाई हुने छ । त्यसपछि इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटी माग्ने वा साधारण तारेखमा राख्न आदेश दिने छ ।

उनीसँगै प्रतिवादी बनाइएका लम्बोदर न्यौपाने भने हाल फरार छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध घुस लिएको अभियोगमा चैत १२ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved