खोटाङको रावाबेँसी गाउँपालिकामा बेरोजगार युवालाई तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2019 | 01:50:27 PM मा प्रकाशित

laxmi  sunrise bank

बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले खोटाङको रावाबेँसी गाउँपालिकामा सवारी चालक तालिम सञ्चालन गरिएको छ । गाउँपालिकाले सवारी चालकसम्बन्धी तालीम शुरु गरिएको हो । गाउँपालिकाले सञ्चालन गरेको सवारी तालिममा ३० जना बेरोजगार युवाले सहभागी जनाएको छ । यो तालिम एक महिनासम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाको आर्थिक सहयोगमा कान्तिपुर ड्राइभिङ ट्रेनिङ सेन्टर प्रालिले आयोजना गरेको सवारी चालक तालीममा पहिलो चरणअन्तर्गत हलुका सवारीसाधन चलाउन सिकाइने जनाइएको छ । तालीममा सहभागीलाई दक्ष चालक बनाउन ह्याभी ‘ठूला सवारी’ चलाउन सक्नेगरी अर्को चरणको तालीमसमेत दिइने गाउँपालिकाले जनाएको छ ।

 तालीममा गाउँपालिकाका ६ वटा वडाबाट पाँच÷पाँच जनाका दरले १८ वर्षदेखि ३७ वर्ष उमेर समूहका युवालाई सहभागी गराउने  गाउँपालिका प्रमुख लीलानाथ निरौलाको भनाई छ । । उनका अनुसार बढ्दो युवाशक्ति विदेशिने क्रमलाई न्यूनीकरण गर्दै आफ्नै देशमा स्वरोजगार बनाउन तालीमको व्यवस्था गरिएको हो ।

गाउँपालिकाले महिलाका लागि ढाका बुनाइ तथा सिलाइ÷कटाइ, दलितका लागि आरन व्यवस्थापन तथा आधुनिक औजार निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि क्षमताअनुसार तालीमको व्यवस्था गरिएको गाउँपालिका प्रमुख निरौलाले बताए । जीवन निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक र व्यावसायिक बनाउनसमेत गाउँपालिका लागिपरेको जनाइएको छ ।  


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved