‘सोलोढोलो प्रकृयाबाट पार्टी चलाउन खोजे एकता टिक्दैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2019 | 03:34:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सोलोढोलो प्रक्रियाबाट चल्न खोजे पार्टी एकता नटिक्ने चेतावनी दिएका छन् । युवासंघको स्थापना दिवसका अवसरका काठमाडौमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री समेत रहेका नेता पोखरेलले तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकता प्रकृया टुङिगन लागेको अवस्थामा योजनाबद्ध नेतृत्व निर्माणमा नलागे एकता नटिक्ने चेतावनी दिएका दिएका हुन् । 

विचार, संगठन र नेतृत्वका प्रश्नमा बहस नै नभएको भन्दै उनले नेतृत्वको आलोचना समेत गरे । पोखरलले पार्टीमा छलफल नै नहुने गरेकोप्रति आक्रोश व्यक्त गर्दै ‘सोलोढोलो प्रकृयाबाट पार्टी चल्दैन, दुर्भाग्य हुनेछ’ भने । पार्टी ठुलो भएपनि मिसन पुरा गर्न नसकिने खतरा रहेको भन्दै नेता पोखरेलले युवा पुस्तालाई हस्तक्षेप गर्न सुझाव समेत दिए ।

‘अबको पार्टी विचारमा सुस्पष्ट बन्न सक्नुपर्छ । अस्पष्टता रह्यो भने एकताको खुशीयाली मनाउँदै गर्दा निणार्यक जीत हासिल गर्न नसकिने अवस्था आउँन सक्छ । संसारका कम्युनिष्टहरु पुँजीवादीहरुले गोली नहानी ताजमहल ढलेझै ढलेको इतिहास छ । नेतृत्वले सोच्न जरुरी छ । दूर्भाग्य भोग्नु नपरोस्’ पोखरेलले असन्तुष्टि जनाए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved