राष्ट्रपति र प्रधानमन्त्री लुम्बिनीमा, पर्यटन वर्षको शुभारम्भ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2019 | 03:08:20 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘लुम्बिनी भ्रमण वर्ष २०७६’ शुभारम्भ गरेकि छिन् । शनिवार लुम्बिनीमा बुद्धपूर्णिमा तथा लुम्बिनी दिवसको अवसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले लुम्बिनी भ्रमण वर्ष शुरु भएको घोषणा गरेकी हुन् । 

राष्ट्रपति भण्डारीले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनी घुम्न निम्तो दिएकी छिन् । उनले लुम्बिनीलाई विश्वशान्तिको केन्द्रका रुपमा विका गर्न लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्नु आवश्यकता रहेको बताईन । भण्डारीले बुद्धपूणिर्मालाई वैशाख दिवसका रुपमा विश्वभर मनाउने वातावरणका लागि पहल गरेकामा सरकारलाई धन्यवाद समेत दिईन । 

उनले बुद्ध जन्मस्थललाई जोडेर आन्तरिक पर्यटकीय परिपथ र बाह्य मुलुकसँग जोडेर बृहत पर्यटकीय परिपथ निर्माण गर्न सकिने भएकाले सरकारलाई ध्यान दिन आग्रह गरिन् । 

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान ग्रेटर लुम्बिनीतर्फ गएको बताएका छन् । लुम्बिनी, लुम्बिनी जस्तो नभएको भन्दै उनले भने, ‘लुम्बिनी स्वच्छ, हराभरा बनाउनुपर्छ । सिसौका रुखले उजाड बनाएको ठाउँमा, अब फलफूल रोप्नुपर्छ ।’ नेपाल कहिलेपनि हिंसातर्फ नजाने भन्दै प्रधानमन्त्री ओलीले शान्तिकै बाटोमा हिड्ने बताए । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved