गर्भवतीको घरमै भिडियो एक्स–रे सेवा सञ्चालन गर्दै पाँचखाल नगरपालिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2019 | 12:22:17 PM मा प्रकाशित

laxmi  sunrise bank

पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ । नगरपालिकालेले गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीको घरमै पुगेर गर्भजाँचअन्तर्गत भिडियो एक्स–रे सेवा उपलब्ध गराएको हो ।

गर्भवती महिलाको घरमै भिडियो एक्स–रे सेवासहितको गर्भजाँच कार्यक्रमको सुरुवात नपास्थित वडा नं १ अनैकोट र १३ नं वडाको कोशीदेखाबाट शुरु गरिएको हो ।  नगरपालिका उपप्रमुख लक्ष्मी दनुवारका अनुसार  स्वास्थ्यकर्मी टोलीले एक्स – रे सहितको सेवा समयतालीका बनाएर गर्भवती महिलाको घरमै गई उपलब्ध गराउनेछ ।‘गर्भवती घरदैलो सेवा’ कार्यक्रमअन्तर्गत शुरुमा गर्भवती महिला पहिचान गरी सूचीकृत गरिनेछ । त्यसपछि हप्ताको एक दिन एउटा वडामा पुगेर गर्भवती महिलाको गर्भजाँच सेवा दिइने उपप्रमुख दनुवारले जानकारी दिए ।

नगरपालिकाले एक महिला गर्भवती भएपछि उनको गर्भ तीनपटक भिडियो एक्से–रे गरेर जाँच गरिनेछ । गर्भजाँचका क्रममा गर्भवती महिलाको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा रहेको पाइए पाँचखालस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क उपचार गराइनेछ । साथै उक्त केन्द्रमा उपचार सम्भव नभए अन्य अस्पतालमा सिफारिश गरिने व्यवस्था मिलाइएको छ । 

नपाभित्रका अधिकांश गर्भवती महिलाले गर्भजाँच नगराएको पाइएपछि अकालमै आमा र बच्चाको मृत्यु नहोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको नपा उपप्रमुख दनुवारको भनाई छ । १४ वडा रहेको पाँचखाल नगरपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र छ भने प्रत्येक वडामा एउटा स्वास्थ्यचौकी रहेका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved