विश्व चर्चित ‘फिल्म फेस्टिबल’मा पहिलो पटक नेपाल, प्रियंका कार्कीले प्रतिनिधित्व गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2019 | 12:38:21 PM मा प्रकाशित

laxmi  sunrise bank

फ्रान्सको पेरिसमा बार्षीक रुपमा आयोजना हुने कान्स फिल्म फेस्टिबल सुरु भएको छ । यस वर्ष फिल्म फेस्टिबलको ७२ औं संस्करण हो । अन्तराष्ट्रिय रुपमा सेलिब्रिटीका लागि सर्वाधिक सफल र चासोको रुपमा हेरिने यो फेस्टिबलमा संसारभरीका सेलिब्रिटीको उपस्थिती हुने गरेको छ । 

यसवर्षको यो फेस्टिबल नेपालका लागि पनि विशेष रहने भएको छ । कान्सको इतिहाँसमै पहिलोपटक नेपालले पनि सहभागीता जनाउने भएको छ । नेपालको तर्फबाट अभिनेत्री प्रियंका कार्कीले कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा आफ्नो जलवा बिछ्याउने भएकीछिन् । कार्की कान्सका लागि नेपाल ब्रान्ड एम्बेसेडरको रुपमा सेलेक्ट भएकी छिन् । नायिका कार्कीले आफ्नो फेसबुक अकाउन्टमा यसबारे जानकारी दिएकी छिन् । 


कान्स फिल्म फेस्टिबलमा उनको चार कार्यक्रममा सहभागिता हुनेछ । मे २० (जेठ ६) देखि मे २४ (जेठ १०) सम्म कार्यक्रममा सरिक हुने उनले बताएकी छिन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved