ट्वेण्टी ट्वेण्टी क्रिकेटमा पाकिस्तानसंग श्रीलंका पराजित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 27, 2017 | 06:35:05 AM मा प्रकाशित

laxmi  sunrise bank

दुवइमा भएको  पहिलो ट्वेण्टी ट्वेण्टी क्रिकेटमा पाकिस्तानसँग  श्रीलंका पराजित भएको छ । बिहीबार राति भएको खेलमा  पाकिस्तानसंग श्रीलंका  ७ विकेटले पराजित भएको हो । श्रीलंकाले दिएको १ सय ३ रनको लक्ष्य पाकिस्तानले १६ बल बाँकी रहँदै ३ विकेट जाँदा भेट्टाउन सफल भयो ।   

टस हारेर ब्याटिङमा आएको श्रीलंकाले १८ ओभर ३ बलमा १ सय २ रन बनाउँदा सबै विकेट गुमायो । श्रीलंकाका ७ जना खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । धनुष्का गुनथिलकाले ११ बलमा १८ रन, सदिरा सामाराविक्रमाले २३ बलमा २३ रन, सेक्कुग्गे प्रसन्नाले २३ बलमा अविजित २३ रन बनाए ।  

पाकिस्तानका हसन अलीले तीन विकेट लिए । यस्तै उस्मान खान र मोहम्मद हाफिजले दुई दुई साथै इमाद वासिम, फहिम असरफ र सादब खानले एक एक विकेट लिए ।  

पाकिस्तानलाई जिताउन सोहेब मलिकले ३१ बलमा अविजित ४२ रन र मोहम्मद हाफिजले २३ बलमा अविजित रहँदै २५ रन बनाए । यस्तै अहमद सेहजादले ३२ बलमा २२ रन बनाए । श्रीलंकाका बिकुम सञ्जयले दुई साथै सचिथ पाथिरानाले एक विकेट लिए ।  

श्रीलंकासँगको पाँच एकदिवसीय क्रिकेट ह्वाइटवास गरेको पाकिस्तानले ट्वेण्टी ट्वेण्टीमा पनि विजयी शुरुवात गरेको हो । 

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved