युरोपा लिग : आर्सनल र एथ्लेटिको विजयी

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 06, 2018 | 12:53:13 PM मा प्रकाशित

laxmi  sunrise bank

युरोपियन क्लव फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिगको क्वाटरफाईनलको  पहिलो लेगको खेलमा इंग्लिश क्लव आर्सनलले रुसको सिएसकेए मस्कोलाई ४–१ ले हराएको छ । आफ्नै मैदानमा आर्सनललाई विजयी गराउन आरोन राम्से र अलेक्जेण्डर लाकाजेट्ले दुई–दुई गोल गरे । जितसँगै आर्सनलले युरोपा लिगको सेमिफाईनल पुग्ने सम्भावना बलियो पारेको छ । 

गएराति भएको अर्को खेलमा स्पेनको एथ्लेटिको मड्रिडले पोर्चुगलको स्पोर्टिङलाई २–० ले पराजित र्गयो । खेलमा एथ्लेटिकोलाई विजयी गराउन कोके र एन्टोनियो ग्रेजम्यानले एक–एक गोल गरे । क्वाटरफाईनल पहिलो लेगकै अन्य खेलहरुमा इटालीको लाजियोले अष्ट्रियाको साल्जबर्गलाई ४–२ ले हराँउदा जर्मनीको आरबी लेप्जिगले फ्रान्सको मार्सेलाई १–० ले हरायो । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved