फ्रान्सले १८ क्यारेट सुनको बिश्वकप ट्रफीसंगै ४ अर्ब पायो, अरु कसले कति पाए ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 16, 2018 | 11:58:23 AM मा प्रकाशित

laxmi  sunrise bank

रसियाले आयोजना गरेको विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ। आइतबार राति मस्कोमा भएको खेलमा क्रोएसियालाई ४-२ गोल अन्तरले हराउदै फ्रान्सले दोस्रो पटक उपाधि जितेको हो। 

विश्वकप २०१८ को उपाधिसंगै फ्रान्सले १८ क्यारेट सुनको ट्रफी र साथमा ३९ मिलियन डलर अर्थात करिब ४ अर्ब नेपाली रूपैयाँ प्राप्त गरेको छ। त्यस्तै दोस्रो भएको क्रोएसियाले २८ मिलियन डलर, तेस्रो भएको बेल्जियमले २४ मिलियन डलर र चौथो भएको इंग्ल्याण्डले २२ मिलियन डलर पुरस्कार जितेका छन।    

रसिया विश्वकप २०१८ मा कुल पुरस्कार राशि ७९१ मिलियन डलर रहेको छ। यसअघि ब्राजिल विश्वकप सन् २०१४ को विश्वकप तुलनामा ४० प्रतिशत अर्थात ३० लाख डलर बढी छ। ब्राजिलको विश्वकपमा कुन पुरस्कार राशी ५७६ मिलियन डलर थियो भने २०१० मा दक्षिण अफ्रिकामा भएको प्रतियोगितामा यो रकम ४२० मिलियन डलर थियो।

स्पेनमा १९८२ भएको विश्वकपमा २० मिलियन डलर, मेक्सिकोमा १९८६ मा २६ मिलियन डलर, इटालीमा १९९४ मा ५४ मिलियन डलर, अमेरिकामा १९९४ मा ७१, फ्रान्समा १९९८ मा १०३, दक्षिण कोरिया र जापानको संयुक्त आयोजनामा २००२ मा भएको विश्वकपमा १५६.६ र जर्मनीमा २००६ मा सम्पन्न खेलमा २६६ डलर पुरस्कार थियो। इतिहास हेर्ने हो भने विश्वकपको पुरस्कार राशी प्रत्येकपटक बढ्दै गएको देखिन्छ।

कसले कति पाए

क्वाटरफाइनलबाट बाहिरिने ४ वटा टिमले १६-१६ मिलियन डलर अर्थात १ अर्ब ६० करोड रुपैयाँका दरले पुरस्कार पाउएका छन्। क्वार्टरफाइनलबाट बाहिरिनेमा उरूग्वे,ब्राजिल, रसिया र स्विडेन छन्।

यस्तै प्रिक्वाटरफाइनलबाट बाहिरिने ८ टिम (पोर्चुगल,अर्जेन्टिना, मेक्सिको, जापान, स्पेन, डेनमार्क, स्विटजरल्याण्ड र कोलम्बिया) ले १२-१२ मिलियन अमेरिकी डलरका दरले पाए। यस्तै समूह चरणबाट बाहिरिने १६ वटा टिमले ८-८ मिलियन डलर पाएका छन्।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved