भ्यालेन्टाइन डेको लागि टेलिकमले ल्यायो अनलिमिटेड डाटा र भ्वाइस अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2022 | 05:26:10 PM मा प्रकाशित

laxmi  sunrise bank

फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे)को अवसरमा नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ । कम्पनीले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको हो ।

कम्पनीका अनुसार यो अफर आज र भोलि अर्थात् फागुन १ र २ गते (फेब्रुअरी १३ र १४ तारिख) उपलब्ध छ । सो अफर अन्तर्गत रु. ४९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘Day combo offer' उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । 

यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी (volte) सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ । 

साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved