थाइल्याण्डका राजदूतसँग चेम्बरले भन्यो, ‘बैंकक-लुम्बिनी हवाइ उडान गर्न पहल गरिदिनोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2020 | 10:32:12 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सले नेपाल र थाइल्याण्डबीच पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सिधा हवाई उडान गर्नुपर्ने आवश्यकता औल्याएको छ । थाइल्याण्डको बैंकक र नेपालको निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच सिधा उडान गरी पर्यटन र सांस्कृतिक विकासमा दुई मुलुक सँगै अगाडि बढ्नुपर्ने चेम्बरको धारणा छ । 

नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफको सम्मानमा चेम्बरले आयोजना गरेको कार्यक्रममा  अध्यक्ष राजेशकाजी श्रेष्ठले सिधा हवाई उडानमा जोड दिएका हुन् । श्रेष्ठले नवनियुतm राजदूतको कार्यकालको सफलताको कामना गर्दै नेपाल थाइल्याण्डबीच बिद्यमान व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धनको संभावनालाइ उपयोग गर्न र वुद्धिष्ट सर्किट प्रवद्र्धनका लागि बैंकक लुम्बिनीबीच सीधा हवाइ सम्पर्कका लागि पहल गरिनु पर्ने धारणा राखेका छन् । 

अध्यक्ष श्रेष्ठले नेपालमा  वैदेशिक लगानीको वातावरण बनेकाले ठूला पूर्वाधार निर्माणका ग्लोवल टेण्डरमा थाइ निर्माण कम्पनीहरुलाइ सहभागी गराउन आग्रह गरे । थाइल्याण्ड वुद्धमार्गीहरुको मुलुक भएको उल्लेख गर्दै नेपाल र थाईल्याण्डबीच वुद्धिष्ट सर्किटको माध्यमबाट नेपालमा थाइ पर्यटक आगमनको लागि थाइ पर्यटन वोर्डले उल्लेखनीय भूमिका निर्वाह गर्नसक्ने भएकाले यसको लागि पहल गरिदिन पनि उनले आग्रह गरे । 

थाईल्याण्डका राजदूत भोसिताले नेपाली व्यवसायी संस्थाहरुसँंग सहकार्य गरी दुवै देशको आर्थिक सम्वन्ध विस्तारका लागि पहल गर्ने बताए । कोभिड महामारी समाप्ती पश्चात दुवै मुलुकका व्यापारिक प्रतिनिधि मण्डलहरुको पारस्पारिक व्यावसायीक भ्रमण हुनेमा आशावादी रहेको बताउदै पर्यटन क्षेत्र बिस्तारका लागि वुद्धिष्ट सर्किटको अवधारणा तथा थाइल्याण्ड र लुम्विनीबीच सीधा हवाई सम्पर्कको अवधारणालाई आफूले सकारात्मक रुपमा लिएकोे बताए । 

नेपाल र थाइल्याण्ड बीम्स्टेकको सदस्य राष्ट्र भएको दुइ मुलुकबीच आर्थिक सम्वन्ध बिस्तारका लागि प्रशस्त सम्भावना रहेको उनको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved