२०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपाल पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2021 | 09:51:56 AM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट मुलुकको सूचीमा नेपाल पनि समावेश भएको छ । विश्वका पर्यटकीय गन्तव्यका विषयमा जानकारी दिने ट्राभल गाइड बुक लोन्ली प्लानेटले उत्कृष्ट गन्तव्यको सूचीमा नेपाललाई ८ औँ नम्बरमा राखेको छ ।

सूचीको पहिलो नम्बरमा कुक आइल्याण्ड छ भने दोस्रोमा नर्वे तथा तेस्रोमा मोरिसस छ । चौथोमा बेलिज, पाँचौंमा स्लोभानिया, छैटौंमा एंगुइला, सातौंमा ओमान, आठौंमा नेपाल, नवौंमा मलावी र दशौमा इजिप्ट रहेको छ ।

लोन्ली प्लानेटको सूचीमा नेपाल उत्कृष्ट १० भित्र पर्नु सुखद भएको र यसले कोरोनाबाट थलिएको नेपालको पर्यटन क्षेत्रले गति लिने व्यवसायीको विश्वास छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved