एमसीसीको विषय पर्यटन क्षेत्रमा पनि प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2022 | 06:12:09 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीको विषय पर्यटन क्षेत्रमा पनि प्रवेश गरेको छ ।

नेपाल ट्रेकिङ ट्राभल्स र्याफ्टिङ, एयरलाइन्स, साँस्कृतिक, पुरातात्विक कार्गो, कुरीयर श्रमिक यूनियन यूनिट्राभको तेह्रौं राष्ट्रिय अधिवेशनमा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले एमसीसीका कारण देश नै द्वन्दमा जानसक्ने तर्फ बेलैमा सचेत बनेर राजनीतिक नेतृत्वले उचित निर्णय लिनुपर्ने बताएका हुन् । 

उनले मुलुुकलाई भड्काउन लागिपरेकाहरुप्रति सचेत बन्दै सार्वभौमिकता रक्षा, विकास एवं समृद्धिमा लाग्नुपर्ने बताए । 

सामाजिक सुरक्षा लागु नगर्नेप्रति इंगित गर्दै उपाध्यक्ष रिजालले पर्यटन क्षेत्रमा रहेको सामन्ती प्रवृत्ति हटाउनुपर्ने आवश्यकता औंल्याए । 

कार्यक्रममा नेपाल ट्रेड यूनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले एमसीसीको विषय देशको पक्षमा हुनुपर्ने र ऐन, कानुन भित्र रहेर अगाडि बढे मात्रै मान्य हुने बताए । उनले योगदानमा आधारित सामाजिक सुरक्षामा ४५ अर्ब रुपैयाँ जम्मा भएको र त्यसप्रति सरकारले गिद्देनजर लगाइरहेको भन्ने विषय बाहिरिएको भन्दै श्रमिकको पसिनामाथि आँखा नलगाउन चेतावनी दिए । श्रमिकको पसिनालाई लुट्न लागिपर्ने जो कोहिविरुद्ध आन्दोलन थाल्ने उनको चेतावनी छ । 

अध्यक्ष श्रेष्ठले श्रमिकलाई प्रबिधिमैत्री बनाएर अगाडि बढ्न जिफन्टले जिफन्ट एप्स लञ्च गर्ने तयारी गरिरहेको र एप्समार्फत सबै श्रमिकको समस्या देशका जुनकुनै स्थानबाट समाधान गरिने दाबी गरे । 

कार्यक्रममा नेपाल पर्वतारोहण संघ एनएमएका महासचिव कुलबहादुर गुरुङले पर्यटन क्षेत्र लकडाउन खुलेपनि सटडाउनकै अवस्था रहेको बताए । पर्यटन व्यवसायीले अझैपनि सहुलियत ऋण नपाएको र श्रमिकहरु पलायन हुँदा राज्यले दुःख पीडामा मल्हम नगाएकोप्रति उनको गुनासो छ । कोभिडले थला पारेको पर्यटन क्षेत्रलाई माथि उठाउन सबै व्यवसायी, श्रमिक र राज्य जिम्मेवार बन्नुपर्ने उनको भनाई छ । 

कार्यक्रममा नेपाल ट्रेड यूनियन काँग्रेसका उपाध्यक्ष अजय राईले ५ लाख बढी पर्यटन श्रमिकलाई कोभिडले सबैभन्दा बढी मार पारेको भन्दै पदयात्री सूचना व्यवस्थापन प्रणाली टिम्सका नाममा उठाइएको रकम उदेश्यअनुरुप खर्च गराउन नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल टानको ध्यानाकर्षण गराए । 

कार्यक्रममा यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले दुई वर्षदेखि कोभिड पीडित बनेका पर्यटन श्रमिकलाई राज्यले नहेरेकोमा दुखेसो व्यक्त गरेका छन् । 

कार्यक्रममा सगरमाथा र माउन्ट केटु हिमाल आरोहण गर्ने किर्तिमानी आरोहीहरुलाई सम्मान गरिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved