तिनजुरे–मिल्के–जलजलेमा ढकमक्क लालिगुराँस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2022 | 12:33:10 PM मा प्रकाशित

laxmi  sunrise bank

लालिगुराँसको राजधानी मानिने तिनजुरे–मिल्के–जलजले क्षेत्र अहिले रंगिन बनेको छ । बनैभरी लालिगुराँस फुलेपछि यो क्षेत्र अहिले पूरै रंगिएर आकर्षक देखिएको छ । 

विस्वमा पाइने ३५ प्रजातीका गुराँसमध्ये २८ प्रजातीका गुराँस यस क्षेत्रमा पाइन्छ । त्यसैले पनि तिनजुरे–मिल्के–जलजले क्षेत्रलाई गुराँसको राजधानी भन्ने गरिन्छ । 

बसन्तपुरदेखि सुरु हुँदै आरआर गार्डेन, तिनजुरे, चौकी बजार, मंगलबारे, गुफा पोखरी क्षेत्रमा फुलेका गुराँसले अहिले पर्यटक तानिरहेको छ । अहिले यी क्षेत्र हुँदे तिनजुरे–मिल्के–जलजले पुग्ने पर्यटकको घुइचो नै लाग्ने गरेको छ ।

ट्रेकिङको आनन्द लिदै वा ड्राइभिङ गर्दै, प्रकृतिसँग रम्दै मकालु, कन्चनजङ्गा, कुम्भकर्ण लगायतका हिमश्रृङ्खलाहरूको दृश्यवलोक गर्न सकिने यो क्षेत्र निकै मनमोहक रहेको स्थानीय समाजसेवी नारायण कुमार कार्कीले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved