एवान क्याफेको १९ औँ शाखा नीलोपुलमा, यस्ता छन् उपलब्ध सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2022 | 09:29:11 AM मा प्रकाशित

laxmi  sunrise bank

एवान क्याफेको १९ औँ शाखा सुकेधारास्थित नीलोपुलमा उद्घाटन भएको छ । 

ब्रोनल्यान्ड स्कुलसँगै खुलेको ए वान क्याफेको नयाँ शाखाको बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी र उपमेयर अनिता लामाले उद्घाटन गरे । शाखा उद्घाटन कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष सुमित्रा त्रिपाठी, वडा नम्बर १० नम्बर वडा अध्यक्ष नबराज भट्टराई र १२ नम्बर वडाका वडाअध्यक्ष शम्भु भट्टराई पनि उपस्थित थिए । 

उद्यमशीलता, रोजगारी र नेपाली उत्पादन र उपभोगमा प्रोत्साहन गर्दै आर्थिक विकासका लागि ए वान समूहले महत्वपूर्ण योगदान पुर्याइरहेको मेयर अधिकारीले बताए । 

ए वान ग्रुपका सञ्चालक राकेश श्रेष्ठले ‘खाद्य स्वच्छता र सेवामा उत्कृष्टता’ भन्ने प्रतिवद्धताका साथ नीलोपुलमा पनि शाखा खोलिएको बताएका छन् । 

श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकामा एवान क्याफेका १९ वटा शाखा होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस छन् । यी शाखामार्फत प्रत्यक्ष रुपमा ४ सय जनाले रोजगारी पाएका छन् भने १५० परिवार उद्यमशीलता र उत्पादनसँग जोडिएको छ ।

नयाँ खुलेको शाखामा २ सय बढीलाई एकैसाथ सेवाका साथै, विवाह, ब्रतबन्ध, पार्टी, मिटिङ लगायतका लागि आवश्यक हल सहितको पूर्वाधार पनि रहेको छ । पर्याप्त पार्किङ क्षेत्र पनि रहेको यस क्याफेमा सबै खालका परिकार उपलब्ध रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved