मनकामना केबलकार चढ्ने यात्रु बढे, वैशाखमा सवा लाख बढीले लिए सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2023 | 05:28:38 PM मा प्रकाशित

laxmi  sunrise bank

गोरखाको मनकामना केबलकार चढ्ने यात्रुको संख्या कोभिड यताकै सबैभन्दा बढी भएको छ। कोभिड नियन्त्रणमा आएसँगै मनकामना दर्शन गर्न आउने तिर्थयात्रीहरुको आवागमनमा वृद्धि भइरहेको मनकामना दर्शन लिमिटेडले जनाएको छ । 

अहिले दैनिक औसत ४ हजार भन्दा बढी भक्तजन र यात्रुले सेवा लिइरहेको र वैशाखभर १ लाख २६ हजार यात्रुले केबलकार सेवा लिएको सञ्चालकले बताएका छन् । 

चालु आर्थिक वर्षको वैशाख महिनासम्म केबलकार सेवा लिने यात्रुको संख्या ८ लाख ७० हजार पुगिसकेको छ। आउँदो असारसम्म सेवाग्राही संख्या साढे १० लाख पुग्ने प्रक्षेपण गरिएको छ । 

वैशाखसम्म कुल यात्रुमध्ये नेपाली ७१. १७ प्रतिशत (६ लाख १९ हजार ३७३) र भारतीय २४.१० प्रतिशत (२ लाख ९ हजार ७४३) रहेका छन् । 

पछिल्लो समय भारतीय पर्यटकको आवागमनमा वृद्धि भइरहेको छ । 

कम्पनीले मनकामना केबलकार केही समयअघि एनालगबाट डिजिटल प्रणालीमा स्तरोन्नतिको गरिसकेको छ। केबलकारको टावर, गोन्डोला, बुलह्‍वील लगायत उपकरण भने साबिककै रहेको छ। यो केबलकार नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार भएको कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved