खप्तडमा केबलकार बनाउन चन्द्र ढकाललाई सांसदहरुको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2023 | 12:53:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सुदूरपश्चिमको खप्तडमा केबलकार निर्माण गर्न सांसदहरुले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालसँग आग्रह गरेका छन् । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने संघीय र प्रदेश सांसदहरुले ढकाललाई भेटेर खप्तडमा केबलकार निर्माण गर्न आग्रह गरेका हुन् । 

सांसदहरुको अनुरोधपछि महासंघका अध्यक्ष ढकालले खप्तडमा पर्यटकीय पूर्वाधार निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन र जग्गा प्राप्ति कठिन हुने भन्दै यसका लागि सरकारले सहजीकरण गर्नुपर्ने बताए । उनले आगामी बजेटबाट यी विषय सहज बनाए लगानी गर्न आफूसहित सबै निजी क्षेत्र तयार रहेको बताए । 

जेठ २३, २४ र २५ गते खप्तडमा आयोजना हुने ‘प्रवर्द्धन कार्यक्रम’बाटै खप्तड क्षेत्रमा केबलकार निर्माणको घोषणा गर्न अध्यक्ष ढकाललाई सांसदहरुले अनौपचारिक अनुरोध गरेका छन् । 

खप्तड क्षेत्र पर्यटन विकास व्यवस्थापन समितिका शेर वहादुर खडकाले प्रवर्द्धन कार्यक्रमले सुदूरपश्चिम र खप्तडको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved