खोप कार्ड हरायो ? यसरी लिनुस् प्रतिलिपि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2022 | 12:41:59 PM मा प्रकाशित

laxmi  sunrise bank

आज माघ ७ गतेदेखि सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरिएको छ। खोप कार्ड नभएकाहरुले  सार्वजनिक निकायमा सेवा प्राप्त गर्न सक्ने छैनन्। 

खोप कार्ड नभएकाहरुले आफ्नो खोप कार्डको फोटो मोबाइलमा देखाएर सेवा लिन सक्ने छन्  । सरकारले आज बाट यो ब्यबस्था लागु गरेको हो । जस अनुसार आजबाट भौतिक रुपमा उपस्थित भई गर्नु पर्ने कार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बढीमा २५ जना मात्र सहभागी हुने गरी सञ्चालन गर्नु पर्छ भने खोपको पूरा मात्रा लगाएका व्यक्तिहरु मात्र उपस्थित हुने गरी गर्नु पर्छ। आजबाट खोपको पूर्ण मात्रा लगाएका सेवाग्राहीलाई मात्र खोप कार्डको आधारमा होटेल तथा रेष्टुरेण्टमा प्रवेश गर्न दिने ब्यबस्था गरिएको छ।

यदि तपाईंले खोप लगाइसक्नु भएको छ तर कार्ड हराएको छ खोप कार्डको प्रतिलिपिको ब्यबस्था गरिएको छ।दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट प्रतिलिपि लिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै जोन्सन एण्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट प्रतिलिपि लिन सकिन्छ । पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट प्रतिलिपि लिन सकिन्छ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved