जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2022 | 10:38:08 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रराम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको हो ।

विभागका अनुसार महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ । विभागका अनुसार अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको छ ।  यसपटकको जानसंख्या  वृद्धिदर ०.९३ प्रतिशत रहेको छ । अघिल्लो पटकको जनसंख्या वृद्धिदर एक प्रतिशतभन्दा बढी थियो । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।

 ६८ सालमा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो ।   १० वर्षमा अवधिमा नेपालको जनसंख्या १० प्रतिशत अर्थात् २७ लाखले बढेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved