काठमाडौँसहित बागमती प्रदेशमा चल्ने छोटो दूरीका सवारीसाधनको भाडा बढ्यो, अब कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2022 | 12:09:02 PM मा प्रकाशित

laxmi  sunrise bank

आजबाट काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा चल्ने छोटो दूरीका सवारी साधनको भाडा बढेको छ । 

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले वैशाख १ बाट लागू हुने गरी सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढाएको थियो । बैशाख १ गते नयाँ वर्षको बिदा भएकाले खासै सवारी साधन चलेनन् । त्यसकारण आज २ गतेबाट भाडा पूर्ण रुपमा लागू भएको हो ।

नयाँ भाडादर अनुसार अब यात्रुले सवारीसाधन चढ्ने वित्तिकै २० रुपैयाँ तिनुपर्ने भएको छ ।

५ किलोमिटरसम्मको दूरीमा यात्रुले २० रुपैयाँ तिर्नुपर्नेछ भने २० किलोमिटरभन्दा माथिको दूरीमा ३८ रुपैयाँ तोकिएको छ । यसअघि ५ किलोमिटसम्मको भाडादर १८ रुपैयाँ थियो । २० किलोमिटरभन्दा धेरैको दूरीमा ३ रुपैयाँ भाडा बढाईएको छ । 

नयाँ भाडादर अनुसार सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुले ५ किलोमिटरसम्म २० रुपैयाँ, ६ देखि १० किलोमिटरसम्म यात्रा गर्दा २५ रुपैयाँ, ११ देखि १५ किलोमिटरसम्म यात्रा गर्दा ३० रुपैयाँ, १६ देखि २० किलोमिटरसम्मको यात्रामा ३३ रुपैयाँ र २० किलोमिटरभन्दा बढीको यात्रामा ३८ रुपैयाँ तिर्नुपर्नेछ ।

मिटर ट्याक्सीको प्रति २०० मिटर भाडा १० रुपैयाँ बनाइएको छ । प्रतिक्षा शुल्क प्रतिमिनेट १.२० रुपैयाँ तोकिएको छ । 

सूचीः


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved