गगन थापाले गरे राष्ट्र बैंकका गभर्नरसँग भेट, पुँजीबजारको समस्या सम्बोधन गर्न छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2022 | 10:34:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरेका छन् । थापाले राष्ट्र बैंकका गभर्नर अधिकारी  लगायत राष्ट्र बैंकका वरिष्ठ अधिकारीसँग भेटेर अर्थतन्त्रको पछिल्लो अवस्थाबारे छलफल गरेका हुन् ।

छलफलमा हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पुँजी बजारको  समस्या सम्बोधन गर्न आवश्यक विषयहरुमा छलफल गरेकाे सांसद थापाले बताए । अर्थतन्त्रमा देखिएका यी लगायतका समस्या समाधानका उपायहरू सहित अबको मौद्रिक नीति तयार हुने अपेक्षा लिएको थापाले बताएका छन्। 

सांसद थापाले केहि दिन अघि संसदमा पनि अर्थतन्त्र र शेयरबजारको बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए । उनले शेयरबजारबारे संसदलाई जानकारी गराउन माग गरेका थिए। शेयरबजारमा ह्रास आईरहेकोले उनले यो अवस्था किन आयो र अब के के काम भईरहेको छन् भन्ने विषयमा जानकारी गराउन माग गरेका थिए।

उनले प्रत्येक दिन आफुलाई भेट्न १०-१५ जना मानिस आउने गरेको, काठमाडौँका मात्र नभई बाहिरका पनि आउने गरेको र उनीहरु मध्ये कोहि झुण्डिएर मर्छु भनेको, कोहि सडकमा आईपुग्यौ भनेको स्मरण गरेका थिए ।

सामान्य अवस्थामा शेयरबजार तलमाथि हुने भए पनि कुनै अस्थिर नीतिको कारणले गर्दा अहिले बजारको लगानीलाई बजारबाट निरुत्साहित गरेको थापाको भनाई छ । तरलता अभावले बजारमा समस्या आउनु स्वभाविक भएको उनले बताए । तर राष्ट्र बैंकले कर्जालाई संकुचन गर्न लिएर नीतिले शेयरबजारलाई प्रभाव पारेकोमा त्यसबारे ध्यानआकृष्ट हुने पर्ने उनले बताएका छन्। 

राष्ट्र बैंकको ४/१२ को नीतिको कारण शेयर बजार प्रभावित भएको भन्दै उक्त नीति संशोधन गर्न राष्ट्र बैंकलाई चौतर्फी दबाब छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved