गरिब देशबाट स्तरोन्नति हुँदा पर्ने नकारात्मक असरको मात्रै चर्चा भयो: योजना आयोग उपाध्यक्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2023 | 11:28:24 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय योजना आयोगले नेपाल अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदा प्राप्त हुने अवसर र आइपर्ने चुनौतिहरुको सामना गर्न सहज स्थानान्तरण रणनीति तर्जुमा गर्ने काम अन्तिम चरणमा रहेको जनाएको छ । आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले ‘स्मुथ ट्रान्जेक्शन स्टाटेजी’ तर्जुमाको काम अन्तिम चरणमा रहेको भन्दै विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा पर्ने नकारात्मक असरको चर्चा भइराख्ने तर, त्यसबाट पर्ने सकारात्मक प्रभावको खास चर्चा नभएको बताएका छन् । 

विश्व ब्यापार संगठनले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि नेपालले पाउँदै आएको सुविधा कटौती हुने र नेपालको २.५ प्रतिशत निकासी गुम्ने प्रक्षेपण गरेको सन्दर्भमा उपाध्यक्ष डा. श्रेष्ठले यसको वास्तविकता योजना आयोगको ‘स्मुथ ट्रान्जेक्शन स्टाटेजी’को ‘फाइनल भर्सन’मा सार्वजनिक हुने पनि जानकारी दिए ।

‘ट्रेडमा पर्ने, बाह्य सहयोगमा पर्ने, क्षमता विकासका प्राप्त सरसहयोग जस्ता क्षेत्रमा नकारात्मक असर के कति पर्ने रहेछ भनेर स्मुथ ट्रान्जेक्शन स्टाटेजीको फाइनल भर्सनमा आउँछ, त्यो चाँडै पब्लिस हुँदैछ’ उनले भने, ‘साथै, सकारात्मक कुरा पनि धेरै छन् । अहिलेसम्म हाम्रो देशलाई गरिब, पिछडिएको भनिँदै आएकोमा अब मनोवैज्ञानिक रुपमा पनि अब हामी गरिब होइनौँ, डेभलपिङ कन्ट्री हौँ भनेर चिनिँदा आउने आत्मविश्वासको कुरा पनि ठूलो हुन्छ ।’

उपाध्यक्ष श्रेष्ठले नेपाल अतिकम विकसित मुलुकको सूचीमा रहेकै कारण वैदेशिक लगानी नआएको पनि बताए । लगानीकर्तालाई रातो कार्पेट विच्छ्याएर स्वागत गरिएको भए पनि लगानीकर्ताले कम विकसित अर्थात् गरिब मुलुकमा लगानी गर्नुलाई जोखिमपूर्ण मानेकाले वैदेशिक लगानी नआइरहेको तर, अब विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि विदेशी लगानी बढ्ने अपेक्षा रहेको उनको भनाइ छ ।

साथै, उपाध्यक्ष श्रेष्ठले स्तरोन्नति हुँदा गुम्ने सुविधा र अन्तराष्ट्रिय ब्यापारमा पर्ने असर कम गर्ने र प्राप्त हुने सकारात्मक अवसरहरुको अधिकतम उपयोग गर्ने गरी आयोगले रणनीति तयार गरिरहेको पनि बताएका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved