स्कुलले विद्यार्थीलाई फरक पोशाक किन्न बाध्य पारे कारवाही गर्ने बुढानीलकण्ठ नगरपालिकाको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2023 | 04:12:18 PM मा प्रकाशित

laxmi  sunrise bank

बुढानीलकण्ठ नगरपालिकाले पनि विद्यार्थीलाई विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य नपार्न मातहतका विद्यालयलाई अनुरोध गरेको छ । 

केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकाले अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरिएको नगर प्रमुख मिठाराम अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार कोहीकसैले परिपत्र विपरीत कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम दण्डसजाय गरिने छ ।

यसअघि काठमाडौं महानगरले पनि विद्यार्थीलाई विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध हो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved