आयल निगमको कार्यकारी निर्देशकका लागि दरखास्त माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2023 | 03:18:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमको कार्यकारी निर्देशक पदका लागि दरखास्त माग गरेको हो ।

मन्त्रालयको सिफारिस समितिले दरखास्त आह्वान सम्बन्धी सूचना जारी गरेको हो ।

सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखामा दरखास्त दिन सकिनेछ । 

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले मंसिर २६ गते मंसिर २७ गतेबाट लागु हुने गरी राजीनामा दिएपछि उक्त पद रिक्त छ । २०७८ फागुन २६ गते ३ वर्षका लागि निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका थानीले कार्यकाल बाँकी छँदै राजीनामा दिएका थिए ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved