डाबर नेपालले गर्यो इएचसीएफलाई २५ लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2023 | 04:31:27 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य र कल्याणको लागि हाम्रो निरन्तर प्रयासमा, डाबर नेपालले “बर्न इन्जुरीजको रोकथाम र उपचारको लागि राष्ट्रिय कार्यक्रमलाई समर्थन गर्ने संस्था Easy Healthcare Foundation (EHCF) सँग अर्थपूर्ण साझेदारी गर्ने भएको छ । 

नेपालमा स्वास्थ्य पूर्वाधारलाई सहयोग प्रतिबद्धता व्यक्त गर्दै डाबर नेपालले इउचसीएफसँग सहकार्य गर्न लागेको जनाएको छ । डाबर नेपालले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत आगोको चोटहरूको रोकथाम र उपचारमा योगदान प’र्याउने लागेको हो । यसका लागि डाबरले २५ लाख रुपैयाँ प्रदान गरेको विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

मंसिर २९ गते एक कार्यक्रमकाबीच डाबर नेपालका अध्यक्ष तथा एमडी इश्वरी राणाले नेपाल र म्यानमारका बिजनेस हेड किरत बेदीले इएचसीएफ का संस्थापक अध्यक्ष अखिल शाक्यलाई उक्त अनुदान रकमको चेक हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा अनिल पुरी (हेड–एच.आर), रोहित रौनियार (निर्देशक – इएचसीएफ) र उज्ज्वल विक्रम थापा (संरक्षक इएचसीएफ) को उपस्थिति रहेको थियो ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved