मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन ट्रंपले चुने ४ कम्पनी , हरेकलाई पाँचलाख डलर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 01, 2017 | 10:40:18 AM मा प्रकाशित

laxmi  sunrise bank ट्रम्प प्रशासनले राष्ट्रपतिले ठूलो प्रचार प्रसार गरेको मेक्सिकोसँगको सीमामा लगाउने भनेको सीमा पर्खालका लागि कंक्रिटको नमूना बनाउन चार कम्पनी चुनिएका छन्। मेक्सिको पर्खाल राष्ट्रपति ट्रम्पले दिएका पाँच कार्यकारी निर्देशनमध्ये एक हो जसले दुवै मुलुकमा विरोध निम्त्याएको छ।

अमेरिकी सीमा गस्तीका प्रमुख तथा डेपुटी कमिशनर रोनाल्डो भिटीएलोले प्रेस सम्मेलनमा भने अनुसार अलाबामा, एरिजोना, टेक्सस र मिसिसिपिका कम्पनीहरुसँग सम्झौता गरिएको छ।

चार कम्पनीहरु हरेकलाई पाँचलाख डलरसम्म तिरेर तीस फुट लामो कंक्रिटको नमूना सीमा पर्खाल बनाइने भएको छ।

चुनावी प्रचार प्रसारका बेला ट्रम्पले पर्खाल अमेरिकाले बनाउने र पैसा मेक्सिकोलाई तिराउने भनेका थिए।

नमूना पर्खाल स्यानडियागो क्यालिफोर्नियामा बनाइने भएको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved