जेके फेनरका उत्पादन नेपाली बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2019 | 10:35:18 AM मा प्रकाशित

laxmi  sunrise bank

एसडीआई अटोमोबाइल्सले जेके फेनरका अटोमोटिभ पार्ट्स नेपाली बजारका लागि सार्वजनिक गरेको छ । एसडीआईले रिटेलर भेला गरेर दुई पांग्रेका साथै ठूला गाडीहरुका लागि समेत आवश्यक जेके फेनरका अटोमोटिभ पार्ट्स नेपाली बजारमा सार्वजनिक गरेको  हो ।

भेलामा जेके फेनर र यसका उत्पादनका वारेमा आवश्यक जानकारी समेत प्रदान गरिएको थियो । कार्यक्रममा उपत्यका र काभ्रे जिल्लाका विभिन्न स्थानमा कार्यरत अटो मेकानिक्स, अटो पार्ट्स व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको जनाइएको छ ।

विगत एक सय वर्षदेखि भारतको मूख्य औद्योगिक घरानाका रुपमा परिचित जेके फेनर जेके अर्गनाइजेसनको सदस्य हो । मेकानिकल पावर ट्रान्समिसन र सिलिङ सोलुुसनका लागि फेनर लोकप्रिय छ । विशेष गरी बेल्ट, आयल सिल किटको साथै रबर कम्पोनेन्ट र विशेष गरी बेल्ट, आयल सिल, होसेज आदिका लागि यो कम्पनी लोकप्रिय छ । 

जेके ग्रुपले जेके टायरदेखि जेके पेपर, जेके सिमेन्ट, ट्रान्समिसन, बेल्टदेखि आयलसिल प्रोडक्ट उत्पादन गर्दै आएको छ । कम्पनीले होसेज, ड्याम्पर रबर आदि टु ह्विलर र फोर ह्विलरका लागि उपलब्ध गराउदै आएको छ । 

६ महिना पहिले देखि नेपालका लागि एसडीआई अटोमोबाइल्सले जेके फेनरको आधिकारिक विक्रेताको रुपमा कार्य गरिरहेको बताएको छ ।स्कुटरदेखि ट्रक, टिपर, डोजर, लोडर सम्म सबै सवारी साधनमा जेके फेनरका उत्पादन प्रयोग गर्न सकिने एसडीआई अटोमोबाइल्सका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्रले बताए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved