२३ सयले बढ्यो सुनको भाउ, कति पुग्यो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2024 | 10:34:06 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ। बिहिबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  

त्यस्तै आज तेजावी सुनको भाउ पनि २३ सय रुपैयाँले नै बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३७ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ ५० रुपैयाँ प्रतितोलाका दरले बढेको छ । यस दिन चाँदी तोलामा १ हजार ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १८ हजार २३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १७ हजार ६ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ८७ रुपैयाँ तोकेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved