मुख्यमन्त्री पोखरेलले भने, ‘धार्मीक पर्यटन व्यवसायीक भएन’

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Jan 21, 2020 | 10:43:50 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले धार्मीक पर्यटनलाई व्यवसायीकरण गर्न आवश्यक रहेको बताएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयले बुटवलमा आयोजना गरेको सार्वजनिक निजी साझेदारी संवादमा उनले हाल धार्मीक पर्यटन व्यवसायिक बन्न नसकेको भन्दै आर्थिक समृद्धिका लागि धार्मीक पर्यटनलाई व्यवसायीकरण गर्न जरुरी रहेको बताए । नवलपरासी र कपिलवस्तुमा माटो मुनी सम्पदाको खानी रहेको बताउंदै मुख्यमन्त्री पोखरेलले ती खानी उत्खनन मात्र गर्न सके मात्रै पनि ती स्थान सम्पदाको शहर बन्ने दाबी गरे ।

मुख्यमन्त्री पोखरेलले व्यवसायीले १ अर्ब बढीको लगानी गर्छौ भनेर स्थान पहिचान गरे प्रदेश सरकारले बिद्युत र सडकको जिम्मा लिने समेत बताए । उनले उद्योगी व्यवसायीलाई बिद्युतको खपत बढाउन आग्रह गर्दै बिद्युतमा छुट दिने तयारी सरकारले गरेको जानकारी समेत दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved