सी.जी. फुड्समा आक्रमणप्रति नेपाल उद्योग परिसंघको ध्यानाकर्षण, दोषिलाई कारवाहीको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2024 | 01:05:49 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल उद्योग परिसंघले सी.जी. फुड्समा गत शुक्रबार भएको आक्रमणको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ । उसले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सी.जी. फुड्समा कार्यरत कर्मचारीमाथि हातपात एवं भौतिक सम्पत्ति तोडफोड गरिएको घटना निन्दनीय भएको उल्लेख गरेको छ । 

विज्ञप्तिमा देशकै प्रमुख औद्योगिक घराना चौधरी ग्रूपबाट सञ्चालित उद्योगमाथि भएको घटनामा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याउन पनि भनिएको छ ।

हालको विषम परिस्थितिमा निजी क्षेत्रको मनस्थितिलाई यस्ता घटनाले थप हत्तोत्साही बनाउने, लगानीको वातावरण बिग्रने र समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भिर असर पार्ने भएकाले यस्ता कार्यलाई निरुत्साहित गर्न कडा रुपमा प्रस्तुत हुन पनि परिसंघले  सरकार, प्रशासन एवं सम्वन्धित सरोकारवालाहरुको गम्भिर ध्यानाकर्षण गराएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved