अन्ततः ३ महिनापछि नेपाल बैंकको एफपिओ सुचिकृत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 11, 2018 | 01:53:31 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर बाँडफांड भएको ३ महिनापछि नेपाल बैंकको एफपिओ नेप्सेमा सुचिकृत भएको छ  । आइतबार बैंकको १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता सेयर सुचिकृत भएको हो

बैंकले असार १५ गतेदेखि एक सय अंकित मुल्यमा १८० प्रिमियम थप गरि १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता सेयर निष्काशन गरेको थियो । जस मध्ये ९३ लाख ७५ हजार ६ सय ५० कित्ताको लागि मात्र आवेदन परेको थियो । कम आवेदन परेकोले सबै आवेदनले आफुले माग गरे बमोजिम कै शेयर पाएका थिए ।  बाँकि ८३ लाख ९ हजार २ सय ८ कित्ता प्रत्याभूतकर्ताले खरिद गर्नु पर्ने थियो ।  तर प्रत्याभूतकर्ताहरुले तेस्रो बजार खडा गरी आफूखुसी गैरकानुनी तवरले शेयर बिक्रि गरेको पाईएपछि बैंकको शेयर लामो समयसम्म पनि सूचीकरण हुन् सकेको थिएन  

धितोपत्र बोर्डले अन्डरराइट गरिएका सेयर पहिले आफ्नो खातामा जम्मा गरेर मात्र तेस्रो पक्षलाई दोस्रो बजारबाट सेयर नामसारी गर्न प्रत्याभूतकर्ता ८ मर्चेण्ट बैंकरहरुलाई निर्देशन दिएपछि बल्ल कम्पनीको शेयर सुचिकृत भएको हो    शेयर सूचीकरण भएसंगै लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्   साथै महिनौदेखि बन्धक भएको लगानीकर्ताको सम्पति समेत फुकुवा भएको छ   

सम्बन्धित समाचार : 

बोर्डको निर्देशनलाई नेपाल बैंकले टेरपुच्छर लगाएन, अन्यौलमा एफपीओ सूचीकरण

बोर्डको निर्देशनलाई नेपाल बैंकले टेरपुच्छर लगाएन, अन्यौलमा एफपीओ सूचीकरण

१ करोड कमिसनको खेलले डुबे नेपाल बैंकका सेयरलगानीकर्ता, निकासको बाटो के ?

बोर्डको स्पष्ट निर्देशनपछि पनि कसले रोक्यो नेपाल बैंकको एफपिओ सूचीकरण ?

सिस्टम बाहिरबाट नेपाल बैंकको सेयर बिक्रि गर्नेमाथि धितोपत्र बोर्डको 'सफ्ट कारबाही'

'नक्कली बजार' खडा गरि नेपाल बैंकको सेयर कारोबार गर्नेमाथि कारबाही सुरु

यी हुन् नेपाल बैंकको एफपिओ पाउने साढे २३ हजार जना, बिजपाटीमा यसरी हेर्नुस नतिजा


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved