सय पर्यटकीय गन्तव्यमा ५० करोड लगानी गर्दै सरकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 11:33:25 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले घोषणा गरेका १ सय नयाँ पर्यटकीय गन्तव्यमा आगामी वर्ष पनि बजेट विनियोजन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय गन्तव्यमा पर्यटकीय पूर्वाधार निर्माण गर्न ५० करोड रुपैयाँ विनियोजन गर्ने भएको हो । 

चालु आर्थिक वर्षमा सरकारले यी गन्तव्यका लागि ५० लाख रुपैयाँ दिएको थियो । चालु आर्थिक वर्षमा पठाईएको रकम सम्बन्धित स्थानीय तहमार्फत खर्च भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयकी योजना तथा मूल्यांकन महाशाखा प्रमुख नीता पोखरेल अर्यालको अनुसार घोषित गन्तव्यमा बजेट अभाव हुन नदिन सरकारले आगामी वर्ष पनि रकम विनियोजन गर्न लागेको हो । 

सिमित गन्तव्यमा केन्द्रित नेपालको पर्यटनलाई बिस्तार गर्ने लक्ष्यका साथ सय गन्तव्य घोषणा गरिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved