राराको सौन्दर्य जोगाउन आर्ट समिटको सरसफाई अभियान, जाने होइन त पदयात्रामा ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 23, 2018 | 08:14:09 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्ट समिट ट्राभल तथा होटल हिलसाइड कालिकोटको संयुक्त आयोजनामा रारा तालमा सरसफाई कार्यक्रम हुने भएको छ।  आर्ट समिटले राजधानीको संवाद डबलीमा एक कार्यक्रम आयोजना गरि यसबारे जानकारी दिएको हो। 

‘हाम्रो नेपाल नेपालीलाई चिनाऔँ ’ भन्ने मूल नाराका साथ मङ्सिर १४ देखि सुरु हुने सरसफाई कार्यक्रम कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यतामा समापन हुने जानकारी दिइएको छ।        

सस्तो तथा शुलभ खर्चमा खाठमाडौं देखि रारा तथा पुन राराबाट काठमाडौंसम्मको जम्मा १६ हजार ५ सय रुपैयाँमा ७ दिने भ्रमण गर्न सकिने आर्ट समिट ट्राभल्स प्रालिका प्रवन्धनिर्देशक सोमबहादुर तामाङ्गले जानकारी दिए। 

कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित नेपालको ठुलो र प्रसिद्ध तालमा गर्न लागिएको अभियान विशेष गरी पर्यटकीय क्षेत्रको प्रबद्र्वन गर्ने उद्देश्य रहेको उनको भनाई छ।

आन्तरिक एवं बाह्यपर्यटकको बढ्दो चापसँगै पदमार्गमा प्लाष्टिकजन्य फोहरको मात्रा बढ्दै गएको र त्यसको सफाई नगरिए राराको सौन्दर्य बिग्रिने खतरा बढेका कारण सो कार्यक्रममा १५ वटा डस्वीन ३ सय देखि ५ सयको दुरीका राख्ने प्रवन्धनिर्देशक सोमबहादुर तामाङ्गले बताए। यस सरसफाई कार्यक्रमको मिडिया पार्टनरमा संवाद डबली प्रेस क्लब, अनलाइन डबली डटकम तथा बिजपाटी डटकम रहेका छन। 

रारा तालबारे 

यो ताल समुद्र सतह देखि २,९७२ मिटर उचाईंमा रहेको छ। मुगु जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चमतर्फ करीब ३ घण्टाको पैदलयात्रा पछि राराताल पुगिन्छ। १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर रहेको छ ।

प्रकृतिको उपहारको रूपमा सिर्जित रारा ताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली र कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले थप शोभा पुर्याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो ताल नेपालकै सान र गौरब हो । धेरैले तालको नाममात्रै सुनेका छन तर हेर्ने अबसर पाएका छैनन् । 

आम नेपालीहरुले एक पटक रारा पुग्नै पर्ने भए पनि भौगोलिक कठिनाईसँगै योजनावद्ध रुपमा रारा पुग्ने वातावरण नभएकोले चाहेर पनि जान सकिएको छैन । तर ‘आर्ट समिट ट्राभल एण्ड टूर्स प्रालि’ ले विगत २ वर्षदेखि योजनाबद्ध रुपमा ‘राराताल भ्रमण’ सुलभ दरमा गराउंदै आएको छ । समिटले यही मंसिर १४ गते प्रस्थान गरि ६ रात ७ दिनको लागि नेपालीलाई सस्तोमा रारा ताल घुमाउनुका साथै रारा पदमार्ग सरसफाई पनि गर्दैछ ।






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved