प्रधानमन्त्रीको अध्यक्षतामा ‘राष्ट्रय पर्यटन परिषद्’, १० मन्त्री सहित प्रदेशका मुख्यमन्त्री सदस्य रहने

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 29, 2018 | 05:18:20 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्रीको अध्यक्षतामा ‘राष्ट्रय पर्यटन परिषद्’ गठन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको ‘संघीय पर्यटन विधेयक, २०७५’ ले एक उच्चस्तरीय राष्ट्रिय पर्यटन परिषद् रहने व्यवस्था गरेको छ । पर्यटन मन्त्रालयका अनुसार राष्ट्रिय पर्यटन परिषद्मा प्रधानमन्त्री अध्यक्ष र पर्यटन मन्त्री उपाध्यक्ष हुने प्रावधान छ ।

१० मन्त्री सदस्य
त्यसबाहेक १० मन्त्रालयका मन्त्री यसमा सदस्य हुनेछन् । परिषद्मा अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, कृषि तथा पशुपंक्षीमन्त्री, वन तथा वातावरणमन्त्री, सहरी विकास र युवा तथा खेलकुद मन्त्री सदस्य हुने व्यवस्था छ ।
“पर्यटन विकाससम्बन्धी नीतिगत मार्गदर्शन, योजना तथा विकास कार्यक्रमको समीक्षा, पर्यटन पूर्वाधारको दिगो विकास, पर्यटन क्षेत्रको विकासका लागि सरकारी तथा निजी क्षेत्रको सहकार्य एवं मुलुकको पर्यटन प्रवद्र्धन तथा बजारीकरणका लागि आवश्यक निर्देशन दिन प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय राष्ट्रिय पर्यटन परिषद रहने छ,” विधेयकमा भनिएको छ ।

मुख्यमन्त्री पनि सदस्य
परिषद्मा प्रदेश सरकारका सातजना मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाल सरकारका मुख्य सचिव, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष र पर्यटन क्षेत्रका व्यवसायी एवं संघसंस्थाका प्रतिनिधिमध्येबाट अध्यक्षले मनोनयन गरेका पाँचजना सदस्य रहनेछन् । पर्यटन मन्त्रालयका सचिव परिषद्का सदस्यसचिव रहने व्यवस्था गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved