कार्यविधि नै मिचेर बोर्डको सीइओमा बच्चु ल्याउने तयारी

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 21, 2020 | 12:21:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) छनौटमा किचलो सुरु भएको छ । सिइओ छनौट गर्न बोलाइएको बैठक छलफल नै नगरी स्थगित गरिएको भन्दै सिइओ नियुक्तिका लागि सिफारिस गर्न बनेको उपसमितिका सदस्यहरुले नै असन्तुष्टि जनाएका छन् । 

अर्को सुचना नआएसम्मका सिइओ नियुक्तिको बैठक स्थगित गरिएको छ । बोर्डको सीईओ छनोट उपसमितिले धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंहर ऐरको नाम पठाएकोमा मन्त्रालयले ३ जनाको नाम पठाउने विधि नै परिवर्तन गरेर गोप्य रुपमा ५ जनाको नाम पठाउने व्यवस्था गर्न बैठक रोकेको स्रोतले बताएको छ । 

स्रोतका अनुसार यसअघि सिइओमा सम्भावित भनेर चर्चा गरिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट व्यवसायी (हाल नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा सदस्य सचिव समेत रहेका) बच्चुनारायण श्रेष्ठलाई ल्याउन ५ जनाको नाम पठाउने व्यवस्था गर्न लागिएको हो । बोर्डको अध्यक्ष समेत रहेका पर्यटन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले मनलाग्दी गरेर बैठक स्थगित गरेको बोर्ड सञ्चालक समितिका सदस्य कृष्ण बहादुर महराको दाबी छ । 

४ वर्षे कार्यकालको सिइओ बन्ने दौडमा रहेका १७ जनामध्येबाट ३ जनाको नाम गएपछि सिफारिस भएका तीनै जना नेकपा निकट भए नभएको पुष्टि हुन नसकेपछि अरु २ जना थपेर ५ जनाको नाम पठाउन भनिएको स्रोतले बतायो । 

बच्चुनारायणलाई ल्याउनकै लागि ५ जनाको नाम खाजियो भनेर चर्चा भएपछि उनले भने यो विषयमा आफूले नबोल्ने बताए । ‘म आफैँ प्रतिस्पर्धी भएको हुनाले बोल्न मिल्दैन’ उनले भने, ‘भोली ५ जनाको नाम पठाउँदा मेरो नाम पनि जान सक्छ, अरु कसैको पनि जान सक्छ ।’ 

सिफारिसमा परेका ३ जनामध्ये धनन्जय रेग्मी गाडी व्यापारी र दीपक बस्ताकोटी ‘सिएएसएसए’मा रिचर्सचर छन् । हिक्मतसिंहर ऐर भने बोर्डकै निर्देशक हुन् । 

मन्त्रालय स्रोतले भने यस विषयमा अहिले नै बोल्दा विवाद चुलिने र बोर्ड सिइओ बिहिन हुने भन्दै नबोल्ने प्रतिक्रिया दिएको छ । जतिसक्दो चाँडो बोर्डमा सिइओ नियुक्त गरिने मन्त्रालयका एक अधिकारीले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved