४ सय सम्पदाको पुननिर्माण सकियो, २ अर्ब ३९ करोड खर्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2020 | 05:57:33 PM मा प्रकाशित

laxmi  sunrise bank

भूकम्पले भत्काएका ९२० मध्ये ४ सय सम्पदाको पुनर्निर्माण सकिएको छ । काठमाडौँमा आज आयोजित कार्यक्रममा पुरातत्व विभागले निर्माण सम्पन्न सम्पदाको तथ्यांक सार्वजनिक गरेको हो । विभागका अनुसार १५० सम्पदाको पुनर्निर्माण चालु आर्थिक वर्षभित्रै सकिनेछ । आगामी असार मसान्तसम्म ६० प्रतिशत सम्पदा पुनर्निर्माण सक्ने विभागको लक्ष्य छ ।

भूकम्पले क्षगिग्रस्त सम्पदा पुनर्निर्माणमा हालसम्म २ अर्ब ३९ करोड ८१ लाख रुपैयाँ खर्च भएको छ । यो रकम विभाग आफैँले पुनर्निर्माणको जिम्मा लिएका सम्पदाको पुननिर्माणमा खर्च भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved