मौद्रिक नीतिमा पर्यटनलाई प्राथमिकता, ऋणको साँवा ब्याज बुझाउने समय थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2020 | 05:21:54 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस (कोभिड–१९) का कारण सबैभन्दा धेरै प्रभावित बनेको पर्यटन क्षेत्रका लागि सरकारले सहुलियतपूर्ण पुनर्कर्जाको व्यवस्था गरेको छ । हवाइ व्यवसाय, यातायात, होटल, रेष्टुराँलगायतका पर्यटन क्षेत्रका लागि चालु पुँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनर्कर्जा प्रवाहमा प्राथमिकता दिइने मौद्रिक नीतिमा उल्लेख छ । 

पर्यटन सम्बद्ध आयोजनाहरुका लागि आर्थिक अभाव हुन नदिन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत कर्जा उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमार्फत ऋणको साँवा ब्याज भुक्तानी गर्ने समय पनि थप गरिएको छ । यस्ता ऋणीहरुले लिएको ऋणको साँवा र ब्याज पुस मसान्तसम्म भुक्तानी गर्ने सक्ने भएका हुन् । असारसम्म भुक्तानी अवधि भएका डिमाण्ड लोन, क्यास क्रेडिटलगायत चालुपूँजी कर्जालाई बैंक तथा वित्तीय संस्थाले ऋणीको अवस्था विश्लेषण गरी २०७७ पुस मसान्तसम्म भुक्तानी गर्न सकिनेगरी नवीकरण गर्न सक्ने व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ ।

ग्रेस अवधिभित्र उद्योग वा परियोजनाका निर्माण सम्पन्न सञ्चालन हुन नसकेको अवस्थामा पर्यटक स्तरीय होटलको हकमा अधिकतम २ वर्ष ग्रेस अवधि थप गर्न सकिने पनि उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved