चीनमा होटल संघको नेपाल प्रवर्द्धन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2019 | 05:11:01 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनको तेन्दुमा नेपाल प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न भएको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’लाई मध्यनजर गर्दै नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय तथा चीनस्थित नेपाली दूतावासको सहकार्यमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ । 

होटल संघ नेपाल (हान)की अध्यक्ष सृजना राणाले छिमेकी मुलुकमा आयोजना गरिएको यस कार्यक्रमले दुई देशबीचको पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । अध्यक्ष राणाले नेपाल भ्रमण वर्षको समिति सदस्यको हैसियतले नेपालको पर्यटनको बारेमा प्रस्तुतिकरण गर्दै भ्रमण वर्षभरि खाना र बसोबासको लागि आकर्षक छुट दिईएको जानकारी गराइन् । 

राजदूत लिलामणी पौडेलले नेपाल भ्रमणका अवसरमा आयोजना गरिएको यस कार्यक्रमले चिनियाँ पर्यटकहरुको नेपाल भ्रमणप्रति थप आकर्षण रहेको बताए । बिटुबी बैठकमा चेन्दुस्थित करिब १२० जना टुर अपरेटरहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा उनले नेपाल भ्रमण गर्न चीनियाँ पर्यटकलाई अनुरोध गरे ।

लेसान नगरपालिकाका उपमेयर लियो के क्वानले चीनका राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमण पश्चात चिनियाँ पर्यटकहरुको नेपाल भ्रमणमा आकर्षण रहेको बताउँद चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमणका लागि पहल गर्ने बताए । 

संघका महासचिव साजन शाक्यले नेपाल भ्रमण वर्षको संघारमा रहेको हुँदा चिनियाँ पर्यटकहरुलाई स्वागत गर्न होटल संघ नेपाल आतुर रहेको बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved