‘ढलान सडक’को अवधारणामा जाने अर्थमन्त्रीको उद्घोषपछि सिमेन्ट उद्योगीहरु खुशी

निरोज कुमार थापा

निरोज कुमार थापा

May 17, 2023 | 09:59:54 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. प्रकाशशरण महतले कंक्रिट सडकको अवधारणालाई बजेटमा समावेश गर्ने संकेत गरेका छन् । सिमेन्टमा मुलुक आत्मनिर्भर भई निकासीसमेत सुरु भइसकेको अवस्थामा सिमेन्ट उद्योगहरुको संख्या बढिरहेको तर्फ संकेत गर्दै अर्थमन्त्री डा. महतले अब सिमेन्टका सडकहरु बनाउने अवधारणामा जानुपर्ने बताएका हुन् ।

नेपाल सिमेन्ट उत्पादक संघले कंक्रिट सडकको अवधारणामा गएर सडकहरु ढलान गर्ने हो भने अलकत्रा आयातबापत बाहिरिने मुद्राको बचत हुने भन्दै विगत वर्षदेखि नै कंक्रिट सडकको अवधारणामा जान सुझाउँदै आएका थिए । यसपाली भने बजेटको मुखैमा अर्थमन्त्री डा. महत आफैँले नेपाली सिमेन्ट उद्योगहरुको उत्पादन क्षमता अनुसारको खपत बढाउन सिमेन्टका सडक बनाउनुपर्ने बताएका छन् ।

सिमेन्ट उद्योगहरुमा आवश्यकता भन्दा बढी लगानी भएको विषयमा आफू जानकार रहेको बताउँदै अर्थमन्त्री महतले अधिक लगानी हुँदा विकृति देखा पर्ने गरेको पनि बताए ।

‘सिमेन्टमा आत्मनिर्भर भएर निर्यात गर्ने अवस्थामा पुगेका छौँ, धेरै लगानी केन्द्रित हुँदा विकृति पनि आएका छन्, अब सिमेन्टको सडक बनाएर उद्योग जोगाउन पर्छ ’ डा. महतले भने । 

सिमेन्टका ढलान सडकहरुको लागत सुरुमा केही महँगो जस्तो देखिएपनि बलियो र वातावरणा मैत्रीसहित यसो गर्दा नेपाली उत्पादनकै खपत बढ्न गई अलकत्रा र बिटुमिनको आयात क्रमशः घट्दै जाने विश्वास व्यक्त गरेका छन् ।

अर्थमन्त्रीले सार्वजनिक कार्यक्रममा सिमेन्ट प्रयोग गरेर ढलान सडकको अवधारणामा जानुपर्ने बेला आएको बताएपछि सिमेन्ट उद्योगीहरु खुशी भएका छन् ।

यस्तो छ सिमेन्ट उद्योगीको दाबी

कालोपत्रे सडकको आयु १० देखि २० वर्षको हुन्छ । तर, नेपालमा कतिपय कालोपत्रे सडक बनाएको एक दुई वर्षमै भत्किने, खाल्डा पर्ने हुने गरेका छन् । तर, सिमेन्ट कंक्रिटले बनाएका सडकहरु भने बिना कुनै मर्मत ३० देखि ४० वर्षसम्म सजिलै टिक्न सक्छन् । 

यो पनिः
‘कंक्रिट सडकले व्यापार घाटा घटाउँछ’

सुरुमा निर्माण खर्च केही बढी देखिएपनि सडकको आयु र बेला बेला गरिरहनु पर्ने मर्मतसम्भार खर्चको विश्लेषण गर्दा कालोपत्रे सडकभन्दा कंक्रिट सडक कयौँ गुणा सस्तो पर्न आउने देखिएकाले यसलाई जतिसक्दो छिटो कार्यान्वयनमा ल्याउनुपर्ने उद्योगी र विज्ञहरुको सुझाव छ ।

सडक विभागको सडक सुरक्षा शाखाले पनि कालोपत्रे सडकको आयु अधिकतम १५ वर्ष हुने तर कंक्रिट सडकको आयु ३० देखि ४० वर्षसम्म हुने बताएको छ ।  तर, १ किलोमिटर कालोपत्रे सडक निर्माण गर्न २ देखि ५ करोड रुपैयाँसम्म खर्च हुने भएपनि कंक्रिट प्रयोग गरेर १ किलोमिटर सडक बनाउँदा ५ देखि ७ करोडसम्म खर्च हुने गरेको छ ।

नेपाल सिमेन्ट उत्पादक संघका अनुसार नेपालमा सञ्चालित उद्योगले वार्षिक २५० लाख टन सिमेन्ट उत्पादन गर्ने क्षमता राख्ने भएपनि हाल १२० लाख टन मात्रै खपत भईरहेको छ । संघका अध्यक्ष ध्रुब थापाले विगतमा बजेटबाटै घोषणा भएर पनि कार्यान्वयन नभएको तीतो यथार्थ रहेकाले यसपटक उद्योगमैत्री अर्थमन्त्री पाएको भन्दै अब स्थिर नीति आउनेमा आशावादी रहेको बताएका छन् ।

यसअघिः

कंक्रिट सडकमा पेट्रोलियम पदार्थको खपत १४ प्रतिशत कम, दुर्घटनाको जोखिम पनि न्यून

कंक्रिट सडकका फाइदाः वर्षौ टिकाउ, अर्बौ रकम बचत

कंक्रिट सडक बनाउने योजनाबाट किन पछि हट्यो सरकार ?

अलकत्राको सट्टा कंक्रिट सडकः व्यवसायी खुशी, सरकार भन्छ,‘मूल्य घटाउ’

कंक्रिट सडक बनाउन सिमेन्ट बाधक

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved