गुडविल फाइनान्सको १२ औ शाखा बुटवलमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 02, 2017 | 11:38:01 AM मा प्रकाशित

laxmi  sunrise bank


गुडविल फाइनान्सले बुटवलमा आफ्नो १२ औ शाखा कार्यालय आजदेखि संचालनमा ल्याएको छ। बुटवल उप–महानगरपलिकाको वडा नं ६ स्थीत राम मन्दिर लाइनमा आफनो १२ औ शाखा स्थापना गरी आजबाट सञ्चालनमा ल्याएको हो।

फाइनान्सले आफनो कार्यक्षेत्र विस्तार गरी देशैभरीका ग्राहकहरुलाई सेवा प्रदान गर्न शाखा विस्तारमा लागि परेको र आगामी दिनहरुमा पनि यसैगरी विभिन्न स्थानमा शाखा विस्तार गर्ने संस्थाको लक्ष्य रहेको फाइनान्सले जनाएको छ ।

वित्तीय अवस्था 

गुडविल फाइनान्सले असार १८ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । फाइनान्सले १० बराबर ६ अर्थात ६० प्रतिशतका दरले हकप्रद बिक्रि खुला गरेको हो। 

हकप्रद निष्काशन प्रयोजनार्थ फाइनान्सले असार २ गते बुक क्लोज गरेको थियो। असार १ गतेसम्म कायम शेयरधनीले हकप्रद प्राप्त गर्न सक्ने छन् । लगानीकर्ताले साउन २२ सम्म हकप्रदका लागि आवेदन दिन सक्नेछन। 

फ़ाइनाइन्सले प्रति कित्ता १ सय रुपैयाँका दरले २७ करोड २२ लाख रुपैयाँ बराबरको २७ लाख २२ हजार ५ सय कित्ता हकप्रद बिक्रीमा गरेको हो।

६० प्रतिशत हकप्रद बिक्रि तथा बितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ७२ करोड ५९ लाख पुग्नेछ। गत आर्थिक बर्षको तेस्रो त्रैमासमा  फाइनान्सको चुक्ता पुंजी ४५ करोड ३७ लाख रुपैयाँ रहेको छ। 



 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved