५ सहकारीको दर्ता खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2020 | 04:42:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सहकारी विभागले पहिलो पटक सहकारीको दर्ता खारेज गरिदिएको छ । विभागका रजिष्ट्रार टोकराज पाण्डेले सहकारी ऐन अनुसार ५ सहकारीको इजाजत खारेज गर्ने निर्णय गरेका हुन् ।

खारेजीमा परेका सहकारीमा काठमाडौं महानगरपालिकाका १२ को तोपूमी कृषि सहकारी संस्था, वडा नम्बर ३१ को हरित कृषि सहकारी संस्था, गोंगबुको भारतीय पूर्ब सैनिक कल्याणकारी कृषि सहकारी संस्था, नेपाल किसान राष्ट्रिय कृषि सहकारी संस्था र समृद्ध कृषि सहकारी संस्था छन् । 

हाल ३४ हजार ८३७ सहकारी सञ्चालनमा छन् । यीमध्ये १४ हजार बचत तथा ऋणको कारोबार गर्ने सहकारी छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved