स्थानीय तह निर्वाचन मनोनयन दर्ताः साढे १६ हजारभन्दा बढीले दिए उम्मेदवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2022 | 01:33:46 PM मा प्रकाशित

laxmi  sunrise bank

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि विभिन्न पदमा हालसम्म १६ हजार ५६८ जनाले उम्मेदवारी दिएका छन् । 

निर्वाचन आयोगका अनुसार सोमबार मध्यान्ह १२ बजेसम्म उक्त संख्यामा उम्मेदवारी परेको हो । 

आयोगले मनोनयन दर्ताको लागि आइतबार र सोमबार दुई दिन समय छुट्टयाएको थियो । मनोनयन दर्ता गर्न सोमबार बेलुकी पाँच बजेसम्म पाइने छ । 

हालसम्म उम्मेदवारी दिनेमा प्रदेश १ मा २ हजार ९९२, मधेस प्रदेशमा ५ हजार ४९, बागमती प्रदेशमा २ हजार २७०, गण्डकी प्रदेशमा १ हजार ३९, लुम्बिनी प्रदेशमा ३ हजार ५३२, कर्णाली प्रदेशमा ६४९ र सुदुरपश्चिम प्रदेशमा १ हजार ३७ जना रहेका छन् । 

हालसम्म परेका उम्मेदवारीमध्ये प्रमुखको लागि ७६८, अध्यक्षको लागि ६१४, उपप्रमुखको लागि ३८३, उपाध्यक्षको लागि ३३४, वडा अध्यक्षको लागि ४ हजार ४३९, महिला सदस्यको लागि २ हजार ५४१, दलित महिला सदस्यको लागि २ हजार ५९ र सदस्यको लागि ५ हजार ४३० रहेको छ । 

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved