यस्तो छ रसुवागढी र सान्जेन जलविद्युत आयोजनाको पछिल्लो प्रगति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2020 | 05:11:18 PM मा प्रकाशित

laxmi  sunrise bank

१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको  ७० प्रतिशत भन्दा बढी कार्य सम्पन्‍‌न भएको छ।  अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन मार्फत आयोजनाको ७२ प्रतिशत कार्य सम्पन्‍‌न भएको जानकारी दिएका हुन् 

प्रतिवेदनका अनुसार आयोजनाको  सिभिल तथा हाइड्रोमेकानिकल कार्य अन्तर्गत 'अण्डर स्लुस' तथा इन्टेकको कनकृटिंङ्, हेडरेस टनेलको अधिकांश भागमा कनकृटिंङ् र लाइनिंङ् कार्य सकिएको छ । त्यस्तै आयोजनाको पावरहाउस तथा ट्रान्सफर्मर  केभर्नको कनकृटिंङ् कार्य पनि सम्पन्‍‌न भएको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै १४ मेगावाटको  माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माणको बाँकी कार्य सम्पन्‍‌न गरी यसै आर्थिक वर्षभित्र विद्युत उत्पादन शुरु गर्ने गरी ८० प्रतिशत कार्य सम्पन्‍‌न भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार आयोजनाको ट्रान्समिसन लाईन कार्य अन्तर्गत टावर फाउन्डेसनको करिब ६० प्रतिशत कार्य सम्पन्‍‌न भएको छ।

दुवै आयोजनाले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत सर्वसाधारणलाई आईपिओ निष्काशन गरिसकेका छन् 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved