पहिरो पिडितले २ बर्षपछि नयाँ घर पाए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2022 | 10:33:15 AM मा प्रकाशित

laxmi  sunrise bank

लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ अर्खले गाउँका पहिरोपीडितले  नयाँ घर पाएका छन् । 

पहोरोबाट  विस्थापित १८ घरपरिवार कष्टकर जीवन बिताउँदै आएका थिए ।  उनीहरूका लागि अर्खलेबेँसी र मर्स्याङ्दी– ६ लाम्पाटा बगरमा घर निर्माण गरिएको  गाउँपालिकाले जनाएको छ ।

 गाउँका १८ परिवारलाई स्थानान्तरणका लागि घर निर्माण गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिएका छन्  ।

पीडितका लागि लाम्पाटा बगरमा ११, अर्खलेबेँसीमा ६ तथा बाहुनडाँडामा एक घर निर्माण गरिएको छ । 

 ०७७ सालमा अर्खले गाउँमा पहिरो आएपछि सिंगो गाउँ नै विस्थापित भएको थियो। घर नहुँदा कष्टकर जीवन बिताउँदै आएका उनीहरू यसपालिको तिहार  नयाँ घरमा मनाउन पाउने भएपछि हर्षित छन् ।

गाउँपालिकाका अनुसार बिस्थपितको घर निर्माण गर्न संघ सरकारको ५० प्रतिशत, गण्डकी प्रदेश सरकारको ३० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत बजेट रहेको छ । उक्त रकममध्ये जग्गा खरिदका लागि तीन लाख र घर बनाउन साढे चार लाख बजेट छुट्याइएको थियो 

 
 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved