बिहीबार पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2020 | 10:52:20 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहीबार सुन चाँदीको भाउमा गिरावट आएको छ । बुधबार तोलाको ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेर ९२ हजार ५ रुपैयाँमा झरेको हो । तेजावी सुन पनि आज तोलामा ४ सय रुपैयाँले नै घटेर ९२ हजार रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउ पनि आज १५ रुपैयाले घटेको छ । चाँदी आज तोलाको १२ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ३०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार ९२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार २९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved