शुक्रबार सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2020 | 11:10:37 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुन चाँदीको भाउ स्थिर रहेको छ । बुधबार ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन । तेजावी सुनको भाउमा पनि आज  कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, चाँदीको भाउ पनि आज स्थिर रहेको छ । आज चाँदी तोलाको एक हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ३०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार ९२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved