सिवाईसीको संचालक समितिले सुनेन राष्ट्र बैंकको निर्देशन, कारबाही नहुनुमा लेनदेनको आशंका !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2023 | 10:20:52 AM मा प्रकाशित

laxmi  sunrise bank

सिवाईसी नेपाल लघुवित्तले नेपाल राष्ट्र बैंकको लिखित निर्देशन विपरित निर्णय गरेको पाइएको छ। संचालक र प्रमुख कार्यकारी पदमा एकै व्यक्ति नराख्नलाई राष्ट्र बैंकले दिएको निर्देशन विपरित प्रबन्ध संचालक पदलाई निरन्तरता दिएर सिवाईसी नेपालले लिखित निर्देशन नमानेको हो। 

प्रमुख कार्यकारी अधिकृत र संचालक अलग अलग व्यक्ति हुनुपर्ने राष्ट्र बैंकको निर्देशन विपरित सिवाईसी लघुवित्तको संचालक समितिले गत भदौ १५ गते प्रबन्ध संचालक पदको निरन्तरता दिने निर्णय गरेको हो। 

सिवाईसी नेपाल लघुवित्तको संचालक समितिको भदौ १५ गतेको बैठकले संचालक समिति सदस्य रहेका डोलेन्द्र प्रसाद शर्मालाई नै प्रबन्ध संचालक पदमा पुन नियुक्ति दिने निर्णय गरेको हो। उक्त निर्णय नेपाल राष्ट्र बैंकको लिखित निर्देशन विपरित भएको राष्ट्र बैंक लघुवित्त सुपरिवेक्षण विभाग स्रोतले जनाएको छ। 

स्रोतकाअनुसार लघुवित्त सुपरिवेक्षण विभागले सिवाईसी नेपाल लघुवित्तको संचालक समितिलाई संचालक र संस्थाको प्रमुख कार्यकारी अलग अलग व्यक्तिलाई बनाउनलाई भदौ ३ गते नै लिखित निर्देशन दिएको थियो। तर उक्त निर्देशन पाएको केहि दिनमै संचालक समितिले शर्मालाई प्रबन्ध संचालकमा पुन नियुक्ति दिएको हो। 

संचालक नै प्रमुख कार्यकारी हुँदा अर्थात प्रबन्ध संचालक पद रहँदा स्वार्थ बांझिने र सुशासनमा समस्या आउने भन्दै राष्ट्र बैंकले सिवाईसी नेपाल लगायत आधा दर्जन बढी लघुवित्तलाई प्रबन्ध संचालकको पद खारेज गर्नलाई निर्देशन दिएको थियो। 

अरु लघुवित्त वित्तीय सँस्थाले निर्देशनको पालना गरेर प्रबन्ध संचालक पद खारेज गरेपनि सिवाईसी नेपाल लघुवित्तले उक्त पद खारेज गर्नुको साटो उल्टै राष्ट्र बैंकको निर्देशन विपरित डोलेन्द्र शर्मालाई प्रबन्ध संचालक पदमा पुन नियुक्ति दिइएको हो। 

छैन कुनै कारबाही, लेनदेनको आशंका ?

अरु लघुवित्तलाई स्वार्थ बाँझिएको भन्दै स्पष्टिकरण माग्ने र चित्त बुझ्दो नभएको भन्दै राष्ट्र बैंक संचालक समितिबाट कारबाहीको निर्णय गराउने लघुवित्त सुपरिवेक्षण बिभागले सिवाईसी नेपाललाई भने  अहिलेसम्म कुनै पनि किसिमको कारबाही गर्न सकेको छैन। सिवाईसी लघुवित्तले बलमिच्याई गर्दा पनि राष्ट्र बैंकले कुनै पनि किसिमको स्पष्टिकरण लिन तथा कारबाही गर्न नसक्नुलाई बजारले आर्थिक लेनदेनको संज्ञा दिएको छ। 

संचालक समितिले प्रबन्ध संचालकमा पुन नियुक्ति दिएको प्रबन्ध संचालक डोलेन्द्र शर्माले माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका 'मान्छे' लगाएर राष्ट्र बैकको संचालक समिति सदस्य तथा लघुवित्त सुपरिवेक्षण विभागका प्रतिनिधिलाई प्रभावित गर्ने कार्य गरेकाले राष्ट्र बैंक स्रोतले जनाएको छ।

यस अघि : एउटा व्यक्तिका लागि राष्ट्र बैंकमा नाङ्गो नाच, कानुनको धज्जी उडाउनेलाई दण्डको साटो पुरस्कार

नेष्डो र युनिक नेपालले पनि माने राष्ट्र बैंकको निर्देशन, सीवाईसीका शर्माको अटेरी अझैं कायम

५ महिनादेखि सीवाईसी लघुवित्तको अध्यक्ष र प्रबन्ध सञ्चालक गैरकानुनी, किन लाचार राष्ट्र बैंक ?

सिवाईसी नेपाल लघुवित्तमा राजा-महाराजा मोह, राष्ट्र बैंक नै चकित

कानुन मिचेको सीवाईसीसँग निरीह राष्ट्र बैंक, गभर्नरको छविमाथि प्रहार

राष्ट्र बैंकका कारण विवादमा तानिए तीन लघुवित्त, संचालक समितिको वैधानिकतामा प्रश्न


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved